Monday, April 23, 2018

धेरै समयपछि यसरी पुरानो  समयको  यादआयो। ...... 

Tuesday, October 28, 2008

तिहार नेपाल सम्बत ११२९

तिहार शुभकामना !!!!!
हामी नेपालीहरुको चाड़ तिहारको यस पावन अवसरमा देश बिदेशमा रहनु भएका संपूर्ण नेपालीहरुमा मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना छ।नाङ्लोभरि सेल होस्, टाउकोभरि तेल होस्, घरमा लक्ष्मीको बास होस्, खल्तीमा पैसाको रास होस्, देउसी भैलो खेल होस्, दिदी भाइको मेल होस्, सबै कुरा झकास् होस्, यो तिहार एउटा बिग ब्लास्ट होस्। २०६५ सालको तिहारको उपलक्षयमा मेरो मुटुको पिँधदेखि हार्दिक मंगलमय सुभकामना छ।यो चाड तिहारले हामी सबैमा खुशी तथा उमंगका साथमा मनाउने अवसर दियोस।हामी जहाकही भएपनि आफ्नो-आफ्नो तरिकाले यस तिहारलाई मनाउ।

Friday, September 26, 2008

विजया दशमी "२०६५"!!!!!!!

विजय दशमी २०६५!!!
दहि,चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा सुख होस् परिवारमा, शान्ति होस् देशमा, दशैमा खुशी को बास होस् सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, यही छ मेरो तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना बिजयादशमी तथा दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र मलाई चिन्ने सम्पूर्ण देश तथा बिदेशमा रहनु भएका मेरा साथी भाई अनि दिदी बहिनी हरु मा श्री नव दुर्गा माता को आशीर्बादले सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु अनि हाम्रो देशमा सदा शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु।

Monday, September 15, 2008

मेरो लापर्बाही!!!!!!!!!!!!!!!!

मिति :-१४/भाद्र/२९
मैले कसरी बताऊ मेरो लापर्बहीको बारेमा। यस्ता गल्ति मेरोलागी सधैको दिनचर्या भैरहेको छ। मैले कसरी आफ्ना यस्ता गल्तिलाई सच्याउन सक्छु र? यदि आदरणीया मित्र हरुमा यस्तो समस्याबाट बच्ने कुनै उपाय छ भने कृपया आफ्नो सम्झी जानकारी गराउनु होला। यसको लागी मेरो पाहुनाबुकको प्रयोग गर्न सक्नु हुनेछ।मेरो समस्या यो छ की मैले मेरो कुनै पनि सामान बेबस्थित गरेर राखनसकिरहेको छैन। मेरो सामान रूममाँ जता ततै छिरलेर राखेको हुन्छु , जरुरतको समयमाँ भेटाउन अति कठिन हुन्छ। बहुत प्रयास गर्दा पनि म यो समस्याबाट मुक्त हुन सकिरहेको छैन। बिर्सने बानिले त झन दिनमा एक पटक सताएकै हुन्छ। अंश पछि पुरा गर्नेछु।

Wednesday, August 6, 2008

मेरो बिर्सन नसकिने यात्रा।

यो आज भन्दा लगभग १५ बर्ष भन्दा पहिलाको कुरा हो । म एक पटक मेरो आमा संग मेरो दिदीको घर जादै थिएँ। मेरो दिदीको घर ग्वादी-कोलौदी हो। यो मेरो लागी पहिलो अवसर थियो । दिदीको घर जान पाउनु त्यों पनि आमा संग मेरो खुसिको सीमा थिएन । आमासंग कुरा गर्दै जादा उल्लीखोला सम्मको यात्रा थाहानै भएन। यो त मेरो आमासंग पहिलो यात्रा थियो । म सारैनै खुशी थिए। उल्लीखोलाको पुल तरेर जादा बाटो केहि छोटो छ भन्नु भयो आमाले अनि हामी उल्लीखोलाको पुल तरी पारी गयौ। पुल तरिसकेपछि केहिसमयसम्म कुलैकुलो तेर्सई जानपर्दों रहेछ। पहिलो यात्रा भयकोले म पुर्णत: अनभिज्ञ थिए बाटाको लागी। आमाको पछि पछि पाइला चालेको थिएँ । आमा पनि धेरै बर्ष पछि दिदीको घर जादै हुनुहुँदो रहेछ । हामीलाई पुग्नु थियो रिमुवाको फाँट्मा। कुलैकुल तेर्सई केहि बाटो हिडेपछि उकालो जानु थियो र हामी उकालो लागियो आमाले पनि कारणवश बाटो भुल्नु भएछ। उकालो बाटो अतिनै जटिल थियो । वर्षाको पानीको भलले गर्दा बाटोमा खाल्टा-खुल्टीहरु थिए। बाटो छिचोलेर हिडन अप्ठ्यारो थियो। यसरी हिड्दा-हिड्दा हामी माथि डाँडामा पुगिएछ। जो त्यहा पुग्नु ग़लत थियो। त्यहा पुगेपछि एक सुशिल महिलाले हामीलाई सोधिन कहा जादैहुनुहुन्छ भनेर, सायद हाम्रो दयनिय अनुहार देखेर उनले अड्कल काटेको हुनुपर्छ। आमाले बताउनु भयो रिमुवा जाने हो । उनले चिसो मोइ दिदै आमालाई बाटो देखाईदिइन्। हामीलाई पुन ओरालो तल् जानुपर्ने भयो, म रोईरहेको थिए। आमाले समय-समयमा मलाई सम्झाउनु हुन्थ्यो नरोऊ भनेर। मेरा खुट्टा दुखेका थिए त्यों अप्ठ्यारो बाटो हिँड्दा । हामी फेरी अर्को तर्फबाट पहाड्को फेदिमा झर‍्यौ। फेरी रिमुवाको उकालो तर्फ लागियो। रिम्माको फाट काटेपछि फेरी तेर्पाए-तेर्पाए बाटो थियो। कारणबश मेरो दाहिने खुट्टा मर्कियो मलाई अब हिडन झन गारो हुन थालेयो। म रून थाले आमालाई पनि चिंता बढेर गयो। आमाले नरो दिदीको घर गएपछि संचोहुन्छ भन्नुहुन्थियो। यता बाटो बिराउनु उता खुट्टा मर्किनु। तुरांग देखि कोलौदी सम्मको बाटो ६/७ घंटाको थियो तर हामी १३ / १४ घंटा पछि दिदीको घर पुगेका थियौं।

Sunday, May 11, 2008

Greatest happyness of being father of daughter.


Today I am happy because being father of a daughter it is greatest feeling of the life. My wife Seeta has given birth of a beautiful baby girl which we have dicided to call her by Partibha. I thank my parents as well my wife Seeta who brought up and made me father. Also I thank God who has given me right path and surounding with his grace.

Tuesday, April 8, 2008

नयाँ बर्ष "२०६५"

नयाँ बर्ष "२०६५"!!!!!!
देश बिदेशमाँ रहनु भयका समस्त नेपाली हरुमाँ यो नयाँ बर्ष "२०६५" सुखद, मंगल र सफल रहोस् यही छ मेरो शुभ-कमाना।नेपालमाँ देखिएको यस जटिल परिस्थिति "२०६४" ले सजिलै पार लगाओस। हामी समस्त नेपालीको यही छ कामना सुंधर, शान्त सफल नेपाल देखने हाम्रो चाहना।

Monday, December 31, 2007

Happy New Year 2008


My Blog Visiters!
I wish you very happy and wealthy "New Year 2008". We hope New Year 2008 will bring us more opportunities to be successful and fullfill our lifes with joys and happiness.

Friday, July 20, 2007

Happy DEEPAWALI

Dear all!!
I would like to wish very very happy, wealthy & successful "DEEPAWALI 2064". Tihar is our holly festival. In this time we share our happiness with each other playing card, dancing in every house of village etc. About this festival I would rather divert you on more informative website where you will fully know about it. Please click here
Standard Guestbook
Name: **
What is your email? **
Your homepage:
Where are you from?
Comments? **
This message is private