Friday, September 26, 2008

विजया दशमी "२०६५"!!!!!!!

विजय दशमी २०६५!!!
दहि,चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा सुख होस् परिवारमा, शान्ति होस् देशमा, दशैमा खुशी को बास होस् सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, यही छ मेरो तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना बिजयादशमी तथा दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र मलाई चिन्ने सम्पूर्ण देश तथा बिदेशमा रहनु भएका मेरा साथी भाई अनि दिदी बहिनी हरु मा श्री नव दुर्गा माता को आशीर्बादले सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु अनि हाम्रो देशमा सदा शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु।

Monday, September 15, 2008

मेरो लापर्बाही!!!!!!!!!!!!!!!!

मिति :-१४/भाद्र/२९
मैले कसरी बताऊ मेरो लापर्बहीको बारेमा। यस्ता गल्ति मेरोलागी सधैको दिनचर्या भैरहेको छ। मैले कसरी आफ्ना यस्ता गल्तिलाई सच्याउन सक्छु र? यदि आदरणीया मित्र हरुमा यस्तो समस्याबाट बच्ने कुनै उपाय छ भने कृपया आफ्नो सम्झी जानकारी गराउनु होला। यसको लागी मेरो पाहुनाबुकको प्रयोग गर्न सक्नु हुनेछ।मेरो समस्या यो छ की मैले मेरो कुनै पनि सामान बेबस्थित गरेर राखनसकिरहेको छैन। मेरो सामान रूममाँ जता ततै छिरलेर राखेको हुन्छु , जरुरतको समयमाँ भेटाउन अति कठिन हुन्छ। बहुत प्रयास गर्दा पनि म यो समस्याबाट मुक्त हुन सकिरहेको छैन। बिर्सने बानिले त झन दिनमा एक पटक सताएकै हुन्छ। अंश पछि पुरा गर्नेछु।
Standard Guestbook
Name: **
What is your email? **
Your homepage:
Where are you from?
Comments? **
This message is private