Wednesday, August 6, 2008

मेरो बिर्सन नसकिने यात्रा।

यो आज भन्दा लगभग १५ बर्ष भन्दा पहिलाको कुरा हो । म एक पटक मेरो आमा संग मेरो दिदीको घर जादै थिएँ। मेरो दिदीको घर ग्वादी-कोलौदी हो। यो मेरो लागी पहिलो अवसर थियो । दिदीको घर जान पाउनु त्यों पनि आमा संग मेरो खुसिको सीमा थिएन । आमासंग कुरा गर्दै जादा उल्लीखोला सम्मको यात्रा थाहानै भएन। यो त मेरो आमासंग पहिलो यात्रा थियो । म सारैनै खुशी थिए। उल्लीखोलाको पुल तरेर जादा बाटो केहि छोटो छ भन्नु भयो आमाले अनि हामी उल्लीखोलाको पुल तरी पारी गयौ। पुल तरिसकेपछि केहिसमयसम्म कुलैकुलो तेर्सई जानपर्दों रहेछ। पहिलो यात्रा भयकोले म पुर्णत: अनभिज्ञ थिए बाटाको लागी। आमाको पछि पछि पाइला चालेको थिएँ । आमा पनि धेरै बर्ष पछि दिदीको घर जादै हुनुहुँदो रहेछ । हामीलाई पुग्नु थियो रिमुवाको फाँट्मा। कुलैकुल तेर्सई केहि बाटो हिडेपछि उकालो जानु थियो र हामी उकालो लागियो आमाले पनि कारणवश बाटो भुल्नु भएछ। उकालो बाटो अतिनै जटिल थियो । वर्षाको पानीको भलले गर्दा बाटोमा खाल्टा-खुल्टीहरु थिए। बाटो छिचोलेर हिडन अप्ठ्यारो थियो। यसरी हिड्दा-हिड्दा हामी माथि डाँडामा पुगिएछ। जो त्यहा पुग्नु ग़लत थियो। त्यहा पुगेपछि एक सुशिल महिलाले हामीलाई सोधिन कहा जादैहुनुहुन्छ भनेर, सायद हाम्रो दयनिय अनुहार देखेर उनले अड्कल काटेको हुनुपर्छ। आमाले बताउनु भयो रिमुवा जाने हो । उनले चिसो मोइ दिदै आमालाई बाटो देखाईदिइन्। हामीलाई पुन ओरालो तल् जानुपर्ने भयो, म रोईरहेको थिए। आमाले समय-समयमा मलाई सम्झाउनु हुन्थ्यो नरोऊ भनेर। मेरा खुट्टा दुखेका थिए त्यों अप्ठ्यारो बाटो हिँड्दा । हामी फेरी अर्को तर्फबाट पहाड्को फेदिमा झर‍्यौ। फेरी रिमुवाको उकालो तर्फ लागियो। रिम्माको फाट काटेपछि फेरी तेर्पाए-तेर्पाए बाटो थियो। कारणबश मेरो दाहिने खुट्टा मर्कियो मलाई अब हिडन झन गारो हुन थालेयो। म रून थाले आमालाई पनि चिंता बढेर गयो। आमाले नरो दिदीको घर गएपछि संचोहुन्छ भन्नुहुन्थियो। यता बाटो बिराउनु उता खुट्टा मर्किनु। तुरांग देखि कोलौदी सम्मको बाटो ६/७ घंटाको थियो तर हामी १३ / १४ घंटा पछि दिदीको घर पुगेका थियौं।

No comments:

Standard Guestbook
Name: **
What is your email? **
Your homepage:
Where are you from?
Comments? **
This message is private